एमाले बाग्मती अधिवेशन: अध्यक्षका आकांक्षी भन्छन्- चुनावी प्रतिस्पर्धा हुने पक्का छ

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १३ : २३
एमाले बाग्मती अधिवेशन: अध्यक्षका आकांक्षी भन्छन्- चुनावी प्रतिस्पर्धा हुने पक्का छ

काठमाडौं। नेकपा (एमाले)को बागमती प्रदेश अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास अहिलेसम्म सफल भएको छैन । सर्वसम्मत् नेतृत्व चयनका लागि बिहानैदेखि प्रयास गरे पनि दिउँसोसम्म सहमति हुन सकेको छैन ।

एकातिर सर्वसम्मतिको प्रयास भइरहेका मतदाता नामावली प्रकाशन र उम्मेदवारको मनोनयन दर्ताको समय लम्बिएको छ।भृकुटीमण्डपमा उद्‌घाटन र प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र भएको अधिवेशनको मतदान भने ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा गर्ने तयारी छ। 

 

अहिलेसम्म अध्यक्षमा केशव पाण्डे, कैलाश ढुंगेल तथा कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको आग्रह गरे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । 

 

बरु स्वयं अध्यक्षका दाबेदारहरू चुनावी प्रतिस्पर्धा गर्न तयार देखिएका छन् । अध्यक्षका दाबेदार कृष्णप्रसाद दाहालले आफूहरू चुनाव लड्न तयार रहेको बताए ।अरु पदमा सहमति खोज्दा निर्वाचन प्रक्रियामा ढिलाइ भइरहेको उनले बताए । 'अरु पदमा सहमति जुटाउन पहल भइरहेको छ । यसैले ढिलाइ भएको हो । अध्यक्षमा प्रतिस्पर्धा हुने पक्का छ,' उनले भने, 'अरु के गर्नुहुन्छ थाहा छैन अध्यक्षमा कैलाश ढुंगेल र म भिड्नेमा सहमति छ ।'

प्रतिक्रिया दिनुहोस