एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १४ : ५१
एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ‌।मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् । बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन् ।

 

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् ।शाहले भने,'अधिवेशनलाई एउटा अवसरको रुपमा लिएका छौँ । तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति‌ लागिरहेको छ।'

यस्तै शाहले कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास भइरहेको बताए ।   

प्रतिक्रिया दिनुहोस