स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १४ : १९
स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायित्व भएको बताएका छन।

मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक विकासतर्फ डोर्‍याउन आवश्यक रहेको बताए ।

उनले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताए । मन्त्री भण्डारीले शहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस