यति एयरलाईन्सलाई क्यानद्धारा सम्मापनपत्र प्रदान

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १२ : २३
यति एयरलाईन्सलाई क्यानद्धारा सम्मापनपत्र प्रदान

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यति एयरलाईन्सलाई सम्मान गरेको छ । क्यानले हिजो (सोमबार) एयरलाइन्सको २५औं वर्षको अवसरमा एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सम्मानपत्र भने क्यानको तर्फबाट महानिर्देशक प्रदीप अधिकारीले प्रदान गरेका थिए।

काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो । सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताएकाछन् । उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको स्मरण गराए ।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताए । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस