एजेन्सी । भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको छ । एक दिवसीय सिरिजको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो ।
जितसँगै भारतले ती खेलको शृङ्खलामा २-० को अग्रता लिएको छ ।
इन्दौरको होल्कर स्टेडियममा भारतीय टोलीले आफ्नो अपराजित कीर्तिमान कायम राखेको छ । यस मैदानमा भारतीय टोलीको यो लगातार सातौँ जित हो। टोलीले यहाँ ७ खेल मात्र खेलेको छ ।
आइतबार अष्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९९ रन बनाएको थियो ।
४ सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले वर्षाका कारण डकवर्थ लुइस माथार्ड अनुसार ३३ ओभरमा ३१७ रनको लक्ष्य पाएको थियो । अष्ट्रेलिया २८.२ ओभरमा २१७ रन बनाएर अलआउट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ असोज २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि
अष्ट्रेलियामा मे ३ मा आम चुनाव घोषणा
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा