काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार १९.४३ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।
आज नेप्से परिसूचक ०.९५ प्रतिशत घटेर २०१०.३५ विन्दुमा बन्द भएको छ । अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो ।
आइतबार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि