मथुरा । राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न आएका दुई भक्तको मृत्यु भएको छ । बरसानामा भएको सो दुर्घटनापछि त्रास छाएको छ । सीएम योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार बिहान राधारानी मन्दिरमा अभिषेक गर्ने क्रममा दुई भक्तको मृत्यु भएको हाे । प्राप्त जानकारी अनुसार सुदामा चोकको सिँढी नजिक भीडको दबाबले निसास्सिएर ७० वर्षीय भक्तको मृत्यु भएको हो भने प्रयागराज निवासी ६० वर्षीय भक्त राजमणि राधारानीको दर्शन गर्न परिवारसहित बरसाना पुगेकाे बेला उनकाे मृत्यु भएकाे हाे । बिहान दर्शन गर्न जाँदै गर्दा अचानक उनको स्वास्थ्य बिग्रिएकाे थियाे ।
तर, डाक्टरले उपचार गर्नुअघि नै उनको मृत्यु भएकाे जनाए । राजमणिकी बहिनी शोभाले उनी मधुमेहबाट पीडित रहेको बताइन् । धर्मशालाबाट डाक्टर कहाँ लैजाँदै गर्दा बाटोमै राजमणिको ज्यान गयो ।
सीएससी इन्चार्ज मनोजले भने कि, 'भक्तलाई अस्पताल ल्याइएको थियो, उनको पहिले नै मृत्यु भइसकेको थियो।' एक कटारा पार्क र अर्को धर्मशालामा रहेका दुबैको शव मथुरा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु