लमजुङ । लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ।
शुक्रबार बेसीशहर न,पा–३ गाउँशहरबाट बेसीशहर-२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपकाे पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।
दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भए पनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु