ट्रमको चेतावनीलाई वेवास्ता गर्दै नेपालले अमेरिकी निर्णयकोे विरुद्ध मतदान गर्‍यो

शुक्रबार, ०७ पुस २०७४, १७ : १५
ट्रमको चेतावनीलाई वेवास्ता गर्दै नेपालले अमेरिकी निर्णयकोे विरुद्ध मतदान  गर्‍यो

संयुक्त राष्ट्रसंघ महासभामा नेपालले पनि जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यतालाई अमेरिकी निर्णयविरुद्ध मत दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने घोषणा गरेका थिए ।
त्यसप्रति असन्तुष्ट अरब र मुस्लिम देशहरुको माग बमोजिम १९३ सदस्यीय महासभाको आपतकालिन सत्र बोलाइयो, जहाँ अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने निर्णय उल्टाउने प्रस्ताव लगिएको थियो ।
महासभामा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरे सहयोग रोक्ने चेतावनी दिए ।
तर, ट्रम्पको चेतावनीका बाबजुद नेपालसहित १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस