संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ असोज २०८०, ०७ : ३२
संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट

काठमाडौ । सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा पठाउने तयारी गरेको संघीय निजामती सेवासम्बन्धी विधेयक दुई सातादेखि संसद्मा दर्ता नभई अलपत्र परेको छ ।

उक्त विधेयकप्रति आम कर्मचारी रुष्ट देखिएपछि कर्मचारी पनि आन्दोलित हुन सक्ने डरले गर्दा सरकारले उक्त विधेयक संसद्मा दर्ता गर्न नसकेको हो ।

गत भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ । 

 

प्रतिक्रिया दिनुहोस