काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा फैलाइएको नकारात्मक कुचक्र निक्षेप तथा कर्जा सुरक्षा कोषले चिर्नुपर्ने बताएका छन् ।कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्ने बताए । अर्थतन्त्रमा समस्या भए पनि बिस्तारै कम हुँदै गएको उनको भनाई छ । सरकारले अप्ठ्याराहरू हटाउँदै गएको समेत उनको भनाइ छ ।
पर्यटक आगमन बढिरहेको र विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको भन्दै उनले अर्थतन्त्रमा स्रोत आएपनि चलायमान नहुन नसकेको स्वीकार गरे ।
हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको भन्दै उनले भने, ‘खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठिक समय होइन, लगानी नगरौँ । बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’
आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्ने र राजस्वमा परेको दबाब अन्त्य हुने उनको भनाइ छ । कोषले ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत
शेखर र गगन आगामी सभापति मै हुँ भन्दै हिँडेर पार्टीभित्र विभाजन ल्याउने काम गर्दैछन् : डा. महत
चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : डा. प्रकाशशरण महत
रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो : डा. प्रकाशशरण महत
कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : डा. महत