काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा फैलाइएको नकारात्मक कुचक्र निक्षेप तथा कर्जा सुरक्षा कोषले चिर्नुपर्ने बताएका छन् ।कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्ने बताए । अर्थतन्त्रमा समस्या भए पनि बिस्तारै कम हुँदै गएको उनको भनाई छ । सरकारले अप्ठ्याराहरू हटाउँदै गएको समेत उनको भनाइ छ ।
पर्यटक आगमन बढिरहेको र विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको भन्दै उनले अर्थतन्त्रमा स्रोत आएपनि चलायमान नहुन नसकेको स्वीकार गरे ।
हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको भन्दै उनले भने, ‘खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठिक समय होइन, लगानी नगरौँ । बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’
आर्थिक गतिविधि बढ्दा रोजगारी बढ्ने र राजस्वमा परेको दबाब अन्त्य हुने उनको भनाइ छ । कोषले ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत