राज्जा नाजिर र रानी केकी किन आए नारायणगढमा ?

शुक्रबार, ०७ पुस २०७४, १६ : ५२
राज्जा नाजिर र रानी केकी किन आए नारायणगढमा ?

चितवन । पछिल्लो नेपाली कथानक चलचित्र राज्जारानीका नायक नाजिर हुसेन र नायिका केकी अधिकारी शुक्रबार नारायणगढमा सँगै भेटिए । आखिर किन आए नाजिर र केकी नारायणगढमा ?
नायक नाजिर र नायिका केकी चलचित्र राज्जारानीको प्रवद्र्धनका क्रममा शुक्रबार नारायणगढ आइपुगेका हुन् । नाजिर र केकीसहित नारायणगढ आइपुगेको राज्जारानी चलचित्र युनिटले पत्रकार सम्मेलन गरेर चलचित्र पुस २१ गते रिलिज हुने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार र गायकले चिपक चिपकके बोलको गीत गाएर रमाइलो गरेका थिए ।
रमेश एमके पौडेलले निर्माण गरेको चलचित्र राज्जारानीका लेखक तथा निर्देशक यम थापा हुन् । चलचित्रमा बालविवाह र दाइजो प्रथाले जन्माएका हिंसा देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस