अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु

एजेन्सी

बुधबार, ०३ असोज २०८०, ११ : ४४
अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु

काराबाख । अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन् ।

आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन् । अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ । अजरबैजानले सो क्षेत्र कब्जा गर्ने उद्देश्यले आक्रमणलाई तिव्र बनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस