काठमाडौ । सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ।
कोशी गाउँपालिका ५ निवासी बिन्देश्वर यादवका ८ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका ९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेका हुन्।
पोखरीबाट निकालेर बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु