सप्तरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, ०८ : १८
सप्तरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

काठमाडौ । सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ।

कोशी गाउँपालिका ५ निवासी बिन्देश्‍वर यादवका ८ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका ९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेका हुन्। 

पोखरीबाट निकालेर बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस