दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, १० : ५७
दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी

काठमाडौँ । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यले केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात सञ्चालनमा ल्याइएको जनाइएको छ । 

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरी आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पूराउने निर्णय केएफसीले गरेको छ ।

केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरुलाई उनीहरुको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रिण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ ।

आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयामा डबल डाउन बर्गर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस