जनतासँग माओवादी विशेष रूपान्तरण : बागमती प्रदेशका १३ जिल्लाबाट १३ बुँदे सुझाव

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, १४ : ५२
जनतासँग माओवादी विशेष रूपान्तरण : बागमती प्रदेशका १३ जिल्लाबाट १३ बुँदे सुझाव

काठमाडौँ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान अन्तर्गत बागमती प्रदेशले १५ दिनसम्म भएका गतिविधिहरूको संक्षिप्त रिपोर्ट पेस गरेको छ ।भदौ १६ देखि २८ गतेसम्म प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ र ललितपुरबाहेक सबै जिल्लामा भएका समग्र गतिविधिको रिपोर्ट इन्चार्ज जनार्दन शर्मा समक्ष पेस भएको एक नेताले जानकारी दिए । 

१३ बुँदे रिर्पोटमा सार्वजनिक सरसफाइ तथा बाटाघाटा, चौतारा निर्माण तथा मर्मत, सामूहिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम, आन्तरिक बैठक, भेला, संगठन सुदृढीकरण, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, संगठन निर्माण, आन्तरिक अन्तर्विरोध तथा समस्याहरू, तत्काल गर्नुपर्ने कामहरू र जनताका गुनासाहरू समेटेर रिर्पोट पेस भएको छ । शनिबार काठमाडौँ महानगरपालिका, नगरपालिकाका वडाहरूमा नेतृत्व गरेका नेताहरूसँग अहिलेसम्म भएका गतिविधि र आगामी कार्ययोजनाबारे इन्चार्ज शर्माले छलफल गरेका थिए । 

यस्ता छन् पार्टीभित्रको अन्तर्विरोध र जनताका गुनासाहरू 

रिर्पोटमा पार्टीभित्रको अन्तर्विरोध, जनताका गुनासा र समस्याको हल सम्बन्धमा बुँदागत रूपमा उल्लेख गरिएको छ । जिल्ला र पालिकास्तरको अन्तर्विरोध  धेरै देखिएकाले तत्काल हल गर्न प्रयास सुझाव दिएको छ । त्यस्तै संघीय र प्रदेश चुनावमा भएको चुनावी खर्चको व्यवस्थापन नभएको, पूर्वमाओवादी र एकता प्रक्रियामा जोडिकाबीच अझै सम्बन्ध सुधार नदेखिएको, पार्टीको विधि, पद्धति र सिद्धान्त मान्न छोडेको जस्ता समस्या देखिएको उल्लेख छ । 

यसैगरी गुटगत मानसिकता र एकअर्काबीच अस्तित्व स्वीकार गर्ने प्रवृत्ति हाबी भएको, पछिल्लो पटक प्रदेश सदस्य थपिएकोमा अन्तर्विरोध बढेको, जिल्ला र पालिकामा नेतृत्व अस्वीकार गर्ने, नेताहरूले नेतृत्व लिने, कार्य क्षेत्र नजाने, चुनावी  अन्तर्घातले समस्या थपिएको र नेताहरू दुर्गममा नगई सुगममा मात्र जाने गरेको नेता तथा कार्यकताहरूले गुनासो पोखेका छन् । 

यस्तै जनस्तरमा देखिएका गुनासाहरू सम्बन्धमा पनि रिर्पोटमा उल्लेख गरिएको छ । जनता र नेताबीचको सम्बन्ध टाढिएको, चुनावको बेलामात्र भेटघाट हुने अघिपछि नेताहरूले फोन नउठाउने, विकास निर्माणको काममा ध्यान नदिने, जनताको पिर मर्का बुझ्न घरमा नजाने, ठेक्का पट्टा तथा विकास निर्माणमा भएका अनियमितता ध्यान नदिएको, किसानलाई अति आवश्यक पर्ने मल खाद्य बिचौलिया(सहकारी)को हातमा रहेको लगायत जनस्तरबाट गुनासा राखेको रिर्पोटमा उल्लेख छ । 

अहिलेसम्म अभियानमा के-के भए गतिविधि ? 

१.प्रदेशभरि स्थानीय तहमा सार्वजनिक सरसफाइ, बाटाघाटा निर्माण तथा मर्मत(४८४)

२. सामूहिक  अन्तरक्रिया छलफल तथा भेटघाट कार्यक्रम(८४७)

पहिलो  चरणमा विशेषता जनतासँग भन्दा पनि निराशा, निष्क्रिय तथा असन्तुष्टि भएर बसेका नेता तथा कार्यकर्तासँग छलफल भएको । 

अभियानलाई व्यवस्थित गर्दै पार्टी निर्माण र सञ्चालनका लागि प्रशिक्षण भएको । 

३. ५ देखि २००० जना सम्मका कार्यक्रम भएको 

४.जिल्ला र पालिका स्तरमा आन्तरिक बैठक भेला तथा संगठन सुदृढीकरण(१०४५)

५. पार्टी सदस्य नवीकरण (५५५०)

केही जिल्लामा पार्टी सदस्यता नवीकरण भएको, धेरै जिल्लामा नवीकरण फारम भर्ने काम भइरहेको र विवरण आउन बाँकी रहेको ।

६. नयाँ पार्टी सदस्यता वितरण(११२९)

केही जिल्लामा थोरै पार्टी सदस्यता वितरण भएको । 

७.जवसका सदस्य वितरण(२५०४)

काठमाडौँ र चितवनमा जवसको काम भएको, अन्य जिल्लामा सदस्यता वितरण कम भएको । 

८.आन्तरिक पार्टी तथा जवस संगठन निर्माण तथा सुदृढीकरण(९२)

जिल्ला पालिका र वडास्तरमा कमिटी गठन र पुनर्गठन भएको 

९. पार्टी प्रवेश २२७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस