लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, १३ : ५४
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

रूपन्देही । लुम्बिनीको मायादेवी मन्दिर पुनर्निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार प्रतिवद्धता व्यक्त गरेको छ।

संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ)डा. ल्हारक्याल लामा र उक्त संस्थाको प्रमुख खुनयिङ सुदारतसँग बैंककको भेट तथा छलफलमा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

फुङ थाईकाको प्रतिवद्धताबाट लुम्बिनीको विकास थप टेवा मिल्ने भन्दै उक्त प्रतिवद्धताबाट आफूहरु उत्साहित भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका छन् ।

लुम्बिनीस्थित राजकीय थाई विहारको प्रमुख फ्रा चखुन बोधिविदेशको समेत उपस्थितिमा भएको छलफल कार्यक्रममा लुम्बिनी मायादेवी मन्दिरमा देखिएको हालको समस्या मर्मत सम्भार गरेर मात्र समाधान नहुने भएकाले पुनः डिजाइन गर्नुपर्ने जोड दिएका थिए।

मायादेवी मन्दिरको पुनः डिजाइन तथा पुनर्निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाउन यसअघि लुम्विनी विकास कार्यसमितिको बैठकले निर्णय गरेको थियो। कोषको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवी मन्दिरमा आएका विविध् समस्याहरू समाधान गर्नका लागि नेपाल सरकारको सहयोगविना दाताहरूको सहयोगमा कोष स्थापना गर्ने गरी कार्यकारिणी वा परिषद् बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो ।

मन्दिरको जीर्णोद्वारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस