तीज पर्व: आज दर खाने दिन

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ०७ : २७
तीज पर्व: आज दर खाने दिन

काठमाडौं । आज दर खाने दिन । 

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । 

हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् ।

आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ । 

त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस