धनुषाा । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सो पार्टीले आइतबार जनकपुरमा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने भएको हो । उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् ।
कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र मधेस प्रदेश परिषद् सदस्यलाइ कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।
त्यस्तै मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष र जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।
कार्यक्रमको उद्घाटन बिहान ११ः३० बजे हुने सो पार्टीको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ । जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव
सिरहामा कम्युनिष्टहरुको अध्ययन केन्द्र बन्छ : योगेश भट्टराई
एमाले मधेस प्रदेश कमिटीको अधिवेशनको प्रक्रिया सुरु
मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ
विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन
मधेस प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने