भद्रगोलका बले र कक्रोजले रक्षाको पिछा गरेपछि(भिडियो सहित)

शुक्रबार, ०७ पुस २०७४, १५ : १९

हास्य टेलिशृंखला ‘भद्रगोल’का बले (सागर लम्साल) र कक्रोज (हरिश निरौला)ले प्रेमको गठबन्धन गरेका छन् । बलेले रक्षा श्रेष्ठसँग र कक्रोजले जुना सुन्दाससँग । प्रसंग कमेडी शृंखलाको होइन, म्युजिक भिडियोको हो । हास्य कलाकारितका यी चल्तापूर्जा जोडी म्युजिक भिडियोमा ‘हिरो’ बनेका छन् ।

किरण भुजेलले गाएको गीतमा उनीहरुलाई फिचरिङ गराइएको हो । गीतले भन्छ, ‘माया मै सँग लाइदेउन ।’ रोमान्टिक शैलीको गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । चार जनाको रोमान्समा घुसेका छन्, अर्का कमेडियन मधुसुदन पाठक पनि ।

उनी सितेबा उपनामले चिनिएका छन् । युवराज वाइबाले हास्य र रोमान्सको समिश्रणमा यो भिडियो तयार गरेका छन् । गीतमा सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् । गीतमा किरणलाई अहिलेकी चर्चित गायिका मेलिना राइले साथ दिएकी छिन् । गीत डिपी खनालले लेखेका हुन्, संगीत शंकर थापा स्माइलको हो ।

प्रतिक्रिया दिनुहोस