काठमाडौं । डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।
उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको थियो ।
सञ्चो अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको थियो । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ