काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी भदौ ३१ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
बुधबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरुले भदौ २९ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड ४० लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड ६० लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ । आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
विकास ऋणपत्रको ब्याज भने अधवार्षिक अर्थात् ६/६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने