नेम्वाङको पार्थिव शरीर च्यासलबाट नीजि निवास बालुवाटार लगियो

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, १४ : १९
नेम्वाङको पार्थिव शरीर च्यासलबाट नीजि निवास बालुवाटार लगियो

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालयबाट नीजि निवास बालुवाटार लगिएको छ । उनको शव नीजि निवासमा लगेपछि लिम्बू संस्कार अनुसार गर्नुपर्ने आवश्यक धार्मिक कार्यहरु गरिनेछ ।

मंगलबार हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मंगलबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । उनको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युष्टि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भावविव्हल हुँदै राष्ट्रिय भण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिन् ।

नेम्वाङलाई श्रद्धाञ्जली अर्पर्ण गर्न प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्माी (मन्त्रिपरिषद्का अध्यक्ष) लगायत सबै पार्टीका नेता तथा कार्यकर्ताहरु एमाले मुख्यालय च्यासल पुगेका थिए ।

नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।