‘एक भागवत र एक गीता’को ‘झिँझिँया’ बोलको गीत रिलिज

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, १३ : ३५
‘एक भागवत र एक गीता’को ‘झिँझिँया’ बोलको गीत रिलिज

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)को मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘झिँझिँया’ बोलको गीत रिलिज गरिएको हो।

गीतमा लोक नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै संगीत दिएका छन् ।झरना थापाद्वारा निर्देशित फिल्ममा मैथिली समुदायको परम्परागत गीतलाई समावेश गरिएको हो । निर्देशक थापाका अनुसार यस गीतले मैथिली संस्कृति र जीवन बोल्छ ।

फिल्मकी अभिनेत्री सुहाना थापाले यो गीत विशेष गरि दसैंको दुर्गा पूजाको अवसरमा मैथिली समुदायमा यो गीतमा नृत्य गर्ने प्रचलन रहेको छ । गीतमा फिल्मका मुख्य अभिनेत्री सुहाना थापा,विपिन कार्की लगायतलाई प्रस्तुत गरिएको छ। जहाँलाई विपिनलाई ‘ट्रान्सजेन्डर’ लुक्समा नृत्य गरेको देख्न सकिन्छ ।

फिल्ममा सुहाना र विपिनसँगै धीरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको पनि अभिनय रहेको छ । राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको निर्मातामा सुहाना थापा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस