धनगढी । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।
पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला
पाल्पामा एक महिला मृतावस्था फेला
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्