प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’ नयाँ गीत सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १२ : ४५
प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’ नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायक प्रकाश सपुतले दुई वर्षअघि सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग ल्याएका छन् ।उनले समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरेका हुन् ।शनिवार राती सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । आइतवार दिउँसोसम्म भिडियो युट्युब ट्रेन्डिङको शीर्ष २ नम्बरमा आइपुगेको छ ।

गीतमा प्रकाशकै शब्द/सङ्गीत छ । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारीका साथमा प्रकाश स्वयंमले अभिनय गरेका छन्। ‘कुरा बुझ्न पर्च’मा प्रकाशले छोरीहरूको सोच र आत्मविश्वासलाई रमाइलो तरिकाले गरेका थिए ।

लैङ्गिक समानताको कुरा गीतमा उठाइएको थियो । यसपटक ‘जाले रुमाल फाट्यो’मा हरेक प्रकारका विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने कुरा उनले उठान गरेका छन् ।विषय, प्रस्तुति र निर्देशकीय हिसाबले यो गीत आफ्नो लागि विशेष रहेको प्रकाशले बताएका छन् । उनकै कथा, निर्देशन एवं निर्माण रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस