गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १२ : ४५
गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान

काठमाडौँ । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’बाट प्रदान गरिएको छ । काठमाडौँमा आयोजित मिलाप दोस्रो तीज उत्सव कार्यक्रममा उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त सम्मान प्रदान गरेकी हुन् । समारोहमा राणालाई नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा अभिनेत्री शर्मिला मल्ल, निर्माता-निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावल समेत  ‘मिलाप सम्मान’बाट सम्मानित भए ।

यस्तै फेशन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धनराज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, व्युटिसियन अनिता देउला, मोडल एवम् समाजसेवी सलीना गुरुङलाई पनि ‘मिलाप तीज सम्मान’ दिइएको थियो ।

कार्यक्रममा तीजलाई परम्परागत भन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने धारणा उप सभामुख रानाले धारणा राखिन् । विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्याउनुभएको योगदानको कदर स्वरूप सम्मान कार्यक्रम गर्दै आएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन् । 

प्रतिक्रिया दिनुहोस