काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ठूला पूर्वाधारका केही आयोजनामा जलवायु परिवर्तनको असर देखिएको बताएका छन् ।बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उल्लेख गरे ।
उनले भने, “कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ ।”दक्षिण एसियाका खासगरी तीव्र विकासमा अघि बढेका भारत र बङ्गलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उनले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराए ।
सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ आवश्यक रहेको बताए ।तीन दिनसम्म चल्ने कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् ।
नेपालबाट सापकोटासहित नेपाली कांग्रेसका प्रदीपकुमार पौडेल, नेकपा (एमाले) का ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम तथा संसद्को पूर्वाधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
कोटा प्रणाली मार्फत मल वितरण व्यवहारिक छैन : माधव सापकोटा
निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड : माधव सापकोटा