काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले विजयी सुरूआत गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिलले बोलिभियालाई र उरुग्वेले चिलीलाई पराजित गरेका हुन् ।
ब्राजिलले बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे । बोलिभियाका लागि भिक्टोर एब्रेगोले १ गोल फर्काए ।
यस्तै, उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उरुग्वेका डेएगो क्रुजले २ तथा फेडरिको डिपेटाले १ गोल गरे । चिलीका लागि भिडालले सान्त्वना गोल फर्काए ।
दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक