मणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु

एजेन्सी

शनिबार, २३ भदौ २०८०, १० : ०२
मणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु

File pic

एजेन्सी । मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ । 

यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ भने सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन्।

अधिकारीका अनुसार दुई अज्ञात समूहबीच बिहान ६ बजेबाट सुरु भएको गोली हानाहान निरन्तर जारी रह्यो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ । जबकि अर्का एक घाइतेलाई गम्भीर अवस्थामा इम्फालको रिम्समा भर्ना गरिएको छ।

गोलाबारीको खबर फैलिएसँगै थौबल र काक्चिङका विभिन्न ठाउँका मानिसहरू पल्लेलमा पुगे पनि तनावपूर्ण वातावरण देखेर उनीहरूलाई असम राइफल्सका अधिकारीहरूले रोकेका थिए।

दुई अज्ञात समूहको गोली हानाहानमा ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भीडलाई रोक्ने प्रयासमा असम राइफल्सले अश्रु ग्यास प्रहार गरेपछि सेनाका मेजरसहित ५० जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस