१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, ०७ : २७
१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

काठमाडौ । यस वर्ष १० कर्मचारीले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् ।

पुरस्कृत हुनेमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव बुद्ध बहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का रहेका छन् । 

यसैगरी उपसचिव (कानुन) रामप्रसाद लम्साल, निर्देशक डुण्डीराज न्यौपाने, मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामा छन् । 
उनीहरुलाई शुक्रबार निजामती सेवा दिवसको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस