काठमाडौँ महानगरमा शुक्रबार शोक बिदा

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १६ : २८
काठमाडौँ महानगरमा शुक्रबार शोक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । रिजालको बिहीबार उपचारको क्रममा निधन भएको थियो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान राष्ट्रिय सभा गृहमा राखिएको थियो भने । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस