प्रधानमन्त्री यूएनबाटै सीधा चीन जान मिल्दैन : प्रेम सुवाल

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १२ : २८
प्रधानमन्त्री यूएनबाटै सीधा चीन जान मिल्दैन : प्रेम सुवाल

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् । त्यसरी यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै उनले बरु नेपाल आएर जाँदा राम्रो हुने सुझाव दिए ।

‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन।बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

 उनले यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताका छन् । साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रमले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस