काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् ।श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गरे ।
यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको उनले बताए ।नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो ।
विभिन्न पर्वमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो । यस दिन भगवान श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौँ ।सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी : देउवा
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच बालुवाटारमा छलफल