काठमाडौ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट गत असार २१ गते पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थागित गरिएको बैठक आज (सोमबार) बस्न लागेको हो।
लामो समयसम्म स्थगित भएको प्रदेश सभा बैठक ६० औं दिनमा आजको लागि आव्हान गरिएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए।
उनका अनुसार दिउँसो १ः३० बजेका लागि बैठक डाकिएको छ। बिजनेसबिहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दल लगायत प्रदेश सभाका सदस्यको मागपछि बस्न लागेको हो।
बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता भएका छन्। प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता गराएको छ। लामो समयसम्म बिजनेसविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गरिएका हुन्।
प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका छन्।
गत वर्ष असोजमा ल्याइएको प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएकोमा उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्क्रिय भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमतीमा साढे ७ अर्ब बजेट कटौती
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने