बाजुरामा एक बालिका मृत अवस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १९ : ४३
बाजुरामा एक बालिका मृत अवस्थामा फेला

बाजुरा ।  बाजुरामा आज एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्।

उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।