बाजुरा । बाजुरामा आज एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्।
उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु
बाजुरामा काँग्रेसका जनकराज गिरी विजयी
बाजुरामा मतगणना सुरु
बाजुरामा सात मतदानस्थल थपिए