भरतपुर महानगर भित्रका सामुदायिक बिद्यालयहरुमा संयुक्त अनुगमन

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १५ : ०९
भरतपुर महानगर भित्रका सामुदायिक बिद्यालयहरुमा संयुक्त अनुगमन

चितवन । अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना अन्तरगत भरतपुर महानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा र समुदायमा सम्पन्न भएका तथा हुँदै गरेका कार्य तथा क्रियाकलापहरुको सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको हो ।

अनुगमनमा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले घरमा आधारित शिक्षा प्राप्त गरेका बाल वालिकाहरुसग घर मै पुगेर भेट गरि समावेशी शिक्षाले उनिहरुमा ल्याएको परिवर्तन,दिनचर्या,शिक्षाको पहुँच लगाएतका थुप्रै बिषयहरुमा अन्तरक्रिया गरे । त्यस्तै उप प्रमुख अधिकारीले श्रीपुर सुस्तमनस्थिती कल्याण बिद्यालय र रातापुर आधारभूत बिद्यालयमा पुगेर समावेशी शिक्षाको अवस्थाको बारेमा जानकारी पनि लिएका छन । 

अनुगमनमा नगर उप प्रमुख अधिकारीले अभिभावक तथा शिक्षकहरु सग पनि छलफल गरे । अभिभावक तथा शिक्षकहरुसगको छलफलमा उनले सिकाइको बिश्वब्यापी ढाचाको अभ्यास,बिद्यालय सुधार योजना,घुम्ती शिक्षकको अनुभव,पहुँचयुक्त भौतिक सरचनाको अवलोकन,गुनासो सुनुवाइ सयन्त्रको कार्यान्वयन,बैयक्तिक शैक्षिक योजना,शिक्षकहरुसग सवाद,स्थानीय समावेशी शिक्षण सिकाइ सामाग्री र परियोजनाले हालसम्म गरेका क्रियाकलाप तथा कार्यप्रगतीहरुको बारेमा जानकारी लिएका छन । 

अटिजम केयर चितवन सोसाइटीका परियोजना सयोजक सुमन पौडेलले भरतपुर महानगरपालिकामा ३८ जना बालबालिकाले घरमा आधारित शिक्षा लिइरहेको बताए । हाम्रो परियोजनाले घरमा आधारित शिक्षाको शुरूवात गरेदेखि अपाङ्गता भएका एवं थप सिकाइ आबश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्वी गराउन ठूलो सहयोग पुगेको प्रष्ट पारे । 

अटिजम केयर चितवन सोसाइटीले हाल ६ जना घुम्ती शिक्षकहरु मार्फत घर घरमा गएर घरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा ३ हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् भने २ हजार भन्दा बढी ब्यक्तिहरुले अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेको भरतपुर महानगरपालिकाले जनाएको छ । 

घरमा आधारित शिक्षा लागू भएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको बिजारोपण भएको पाइएको छ घुम्ती शिक्षक निशा नेपालीले भनिन्,उनिहरुमा शैक्षिक तथा ब्यबहारिक सुधार भएको पाइयो । परियोजनाले घर घरमा पुगेर घुम्ती शिक्षक मार्फत शिक्षा प्रदान गराउदा पहिलेको तुलनामा ४५ प्रतिशत सुधार आएको नेपालीको तर्क छ । 

समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।

भरतपुर महानगरपालिकामा १ सय १२ वटा सामुदायिक  बिद्यालय र कालिका नगरपालिकामा ३५ वटा गरि जम्मा १ सय ४७ वटा बिद्यालयमा परियोजना लागू भएको छ । यो परियोजनाबाट ३५ हजार बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन भने भरतपुर महानगरपालिकामा झन्डै दस वटा  सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ । 

अनुगमनमा उप प्रमुख अधिकारी सहित भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल,नगर शिक्षा अधिकारी महेन्द्र पौडेल,वरिष्ठ महिला बिकास अधिकृतहरु शुशिला वाग्ले र कलावती ओझा,अधिकृतस्तर छैटौं पन्चमाया तामाङ,सुर्य तिवारी,बौद्धिक अपाङ्ग अभिभावक महासघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे । 

परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन ।  परियोजनाको अबधि तिन बर्ष अर्थात जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस