काठमाडौ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज आइतबार हुँदैछ ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका पेशी तोकिएपनि हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतवारका लागि सरेको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका हुन् ।
न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने