प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १४ : १६
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । दाहाललाई भेटन राजदूत सोङ आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।  

चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङले प्रधानमन्त्री दाहाललाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका हुन । भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहालले हालै चीनले सार्वजनिक गरेको नक्साबारे समेत राजदूत सोङसँग चासो राखेको बताइएको छ ।

गत सोमबार चीनको प्राकृतिक स्रोत साधानसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको छ । प्रधानमन्त्री दाहाल असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट दाहाल चीन जाने तालिका छ ।

असोज ६ गते चीनको हाङचोओमा एसियाली खेलकुद समारोहको उदघाटन हुँदैछ । एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस