उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायतका नवनियुक्त राजदूतद्धारा शिष्टाचार भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १३ : ५५
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायतका नवनियुक्त राजदूतद्धारा शिष्टाचार भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन । सिंददरबारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

छलफलमामा नेपाल र बेलायतबीच सहयोगका बारेमा समेत छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा राजदूत फेनले नेपाल बेलायतको पुरानो मित्रराष्ट्र भएको बताउदै विगतदेखि हुँदै आएको सहयोग निरन्तर अघि बढने बताएका छन । राजदूत फेनले दुई दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँगपनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस