गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० सम्पन्न

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १४ : १०
गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० सम्पन्न

काठमाडौं। गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ । पोखरामा आयोजित कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता रहेको थियो ।

 

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्डको भ्यालु, बिक्री बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबैभन्दा धेरै रहेको कम्पनीले जनाएको छ ।

 

नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई ध्यानमा राखेर थुप्रै पहल र कार्यक्रमहरू सञ्चालन गर्दै  आएका छ । सथै यो डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ ।सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाबारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबैभन्दा राम्रो भएको बताए । ‘एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ’ उनले भने।

 ‘यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ । यो मित हाम्रो सेल्स टिमलाई अझै  बलियो बनाउनको लागि सम्पन्न भएको हो ।’फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस