तेक्वान्दोका दीपक बिष्ट र फुटबलर विमल घर्तिमगरले दिए क्रिकेट खेलाडीलाई जितको शुभकामना

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १३ : ३९
तेक्वान्दोका दीपक बिष्ट र फुटबलर विमल घर्तिमगरले दिए क्रिकेट खेलाडीलाई जितको शुभकामना

काठमाडौँ । नेपाली क्रिकेट टोलीले बुधबार दिउँसो आयोजक पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्दैछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन समारोह हुनेछ ।

पहिलो पटक एसिया कप खेल्न तयारीमा रहेको नेपाली क्रिकेट टोलीलाई कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट र राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तिमगरले पनि सफलताको शुभकामना दिएका छन् । खेल सुरु हुनुअघि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

‘एसिया कप—२०२३ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछु,’ बिष्टले भनेका छन् । उनले फेसबुकमा नेपाली टोलीका खेलाडीहरुको तस्बिर पनि सेयर गरेका छन् । यसैगरी चर्चित फुटबल खेलाडी विमल घर्तिमगरले पनि फेसबुकमार्फत नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् । ‘अग्रिम शुभकामना, टिम नेपाल । जय नेपाल,’ उनले एसिया कप खेल्ने टोलीका कप्तानहरुको सामुहिक तस्बिर सेयर गर्दै लेखेका छन् । पाकिस्तान र श्रीलंकामा आयोजित एसिया कपको १६औं संस्करमा ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस