दिनेश कुमार घिमिरे सचिवमा बढुवा

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १९ : २०
दिनेश कुमार घिमिरे सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस