काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका-६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ०२ मिलिग्रामसहित सप्तरी औरही गाउँपालिका-५ बस्ने २१ वर्षीय नितिश कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित काठमाडौँ महानगरपालिका-२४ मखनटोल बस्ने ५० वर्षीय अनिल महाजुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश-०३-००१ ज ०३८५ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसै गरी बाराको कोल्हबी नगरपालिका-२ भलुवाहीखोरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन् । अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह १४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ