आर्थिक वर्षको पहिलो महिना सरकारी ढुकुटीमा १ खर्ब ४८ अर्ब थपियो

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १२ : ०२
आर्थिक वर्षको पहिलो महिना सरकारी ढुकुटीमा १ खर्ब ४८ अर्ब थपियो

काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा नै सरकारी ढुकुटीमा १ खर्ब ४८ अर्ब रुपैयाँ थपिएको राष्ट्र बैङ्कले जनाएको छ । गत असार मसान्त, २०८० देखि साउन मसान्त, २०८० सम्मा विभिन्न बैंकहरुमा रहेको सरकारी निक्षेप १ खर्ब ४८ अर्ब ३० करोड ८२ लाख रुपैयाँले बढेर १ खर्ब ९३ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ पुगेको राष्ट्र बैङ्कले जनाएको हो ।

यो सबै बैङ्क तथा वित्तीय संस्थामा रहेको सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । गत असार मसान्तसम्ममा यस्तो निक्षेप जम्मा ४५ अर्ब ११ करोड ५७ लाख २२ हजार रुपैयाँ मात्र रहेको थियो । 

 

साउन महिनामा उठेको राजस्व खर्च नहुँदा सरकारी कोषमा तरलता थुप्रिन गएको हो । सँगै साउन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा २ खर्ब २८ अर्ब ६४ करोड ११ लाख रुपैयाँ निक्षेप थपिएको समेत केन्द्रीय बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस