काठमाडौ । देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा बुुधबार रातिदेखि नियमित रूपमा प्याज भित्रिन थालेको छ ।
गत शनिबार भारतले प्याजमा ४० प्रतिशत निर्यात महसुुल वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार थोरै आएर बजारमा भित्रिन छाडेको प्याज बुुधबार रातिदेखि भित्रिन थालेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुुधबार साँझ २४५ मेट्रिक टन प्याज भित्रिएको छ भने बिहीबार साँझसम्म १५० मेट्रिक टन प्याज आएको छ ।
बजारमा भित्रिएको प्याजको भाउ पनि बढेर आएको छ । गएको आइतबार प्रतिकेजी ६१ रुपियाँमा बिव्रmी भएको प्याज बिहीबार भाउ बढाएर प्रतिकेजी ७८ रुपियाँ थोक मूल्य तोकिएको खबर गोरखापत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ भदौ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो
प्याजमा कालो बजारी गर्ने पाँच व्यापारीमाथि कारबाही
भारतलेले प्याज निर्यातमा ४० प्रतिशत महसुुल लगाउने
भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर