काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इज्नीनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले २ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताए ।
तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गर्न ध्यानाकर्षण गराएका छन् । त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलिरहेको बताउँदै त्यसलाई सुधार गर्नका लागि श्वेतपत्र जारी गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग