काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इज्नीनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले २ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताए ।
तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गर्न ध्यानाकर्षण गराएका छन् । त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलिरहेको बताउँदै त्यसलाई सुधार गर्नका लागि श्वेतपत्र जारी गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा