मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, ११ : ०२
मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनलाई आक्रमण गरेको हो ।घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । 

प्रतिक्रिया दिनुहोस