इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

एजेन्सी

बुधबार, ०६ भदौ २०८०, १५ : ००
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

सिन्ह्वा । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ ।

मंगलवार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।

 
 

प्रतिक्रिया दिनुहोस