काठमाडौँको बुद्धनगरमा भैंसीको आतंक

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, ११ : ०२
काठमाडौँको बुद्धनगरमा भैंसीको आतंक

काठमाडौं । काठमाडौँको बुद्धनगरमा भैंसीले आतंक मच्चाएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका छन्। भैंसी अहिले बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको छ । 

 

डिभिजन वन कार्यालयको टोलीको सहयोगमा ज्ञान निकेतन स्कुलबाट भैंसी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले रातोपाटीलाई बताए । भैंसिको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने डिएसपी श्रीवास्तवले बताए । डिभिजन वन कार्यालयको टोलीले भैंसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस